अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने

0
182

काठमाण्डु – संयुक्त राष्ट्र संघको आह्वानमा अति सम्बेदनशील तथा द्वन्द्वग्रस्त क्षेत्रको सुरक्षामा नेपाली शान्ति सैनिक खटिने भएका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणराज्य र दक्षिण सुडान तथा सुडानको सीमा क्षेत्रमा फोर्स मुख्यालयको सुरक्षामा नेपाली टोली खटिने भएका हुन्।

यसका लागि मिशनमा जाने तयारीमा रहेको फौजको निरीक्षणका लागि संयुक्त राष्ट्र संघको मुख्यालयबाट ६ सदस्यीय टोलीले तीन दिन लामो निरीक्षण भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ ।

निरीक्षणको क्रममा उक्त टोलीले पांचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सैन्य कौशल प्रमाणीकरण र पूर्व तैनाथी तालिम सम्बन्धी निरिक्षण गरेका थिए भने छाउनीस्थित महावीर शौर्य गण (रेञ्‍जर), सितापाइलास्थित नं.१७ बाहिनी अड्‍डा, जंगी अड्‍डास्थित टु.मु. कोतखाना डिपो र गठ्ठाघरस्थित सैनिक गठ्ठाघरको भ्रमण गरी यूएन मिसनमा प्रयोग हुने विभिन्न सवारी साधनहरुको निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

साथै, निरीक्षण भ्रमणको सिलसिलामा नेपाल आएका उक्त टोलीले युद्धकार्य विभागका प्रमुख, उपरथी निर्मल कुमार थापासँग शिष्टाचार भेटघाट समेत गरेका थिए ।

Facebook Comments

comments