काठमाडौं: प्रतिक्षित भनिएको फिल्म ‘कृ’को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देख्न सकिन्छ। पटकपटक रिलिज टार्गेट सारेर फिल्म प्रदर्शनको टुङ्गो नलागे पछि डेढ वर्षदेखि अनमोल कृकै लागि मात्र काम गरिरहेका छन्।
भुवन केसी र सुवास गिरीले संयुक्त लगानीमा निर्माण गरेको फिल्म कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा अनमोल केसी, अदिति बुथोकीका साथै अनुप विक्रम शाही,सरोज खनाल, रुपा राना, कामेश्वर चौरासिया, अमित गिरीलगायतका अभिनय रहेको छ।