अनलाइन सेवा लिने ११ लाख नाघे, करिब ९५ % शेयर कारोबार अनलाइनबाट,आइपीओ भर्नेमध्ये २५ प्रतिशत मात्रै दोस्रो बजारमा

0
19

शेयर बजारमा अनलाइन सेवा लिने ११ लाख ८४ हजार पुगेका छन्। कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार ११ लाख ८४ हजार पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

सेवा लिने सबैजसाेले अनलाइनबाटै कारोबार गर्ने गरेका छन्। नेप्सेका अनुसार सेवा लिएका मध्ये ११ लाख १७ हजारले अनलाइनबाटै शेयर कारोबार गर्ने गरेका छन्। जुन कुल सेवा लिनेको तुलनामा ९४.३४ प्रतिशत हो। बाँकीले भने अझै पनि अफलाइन नै कारोबार गर्ने गरेको नेप्सेको भनाइ छ।

प्राथमिक बजारको तुलनामा भने अझै पनि दोस्रो बजारमा लगानीकर्ता आउन सकेका छैनन्। जबकि कार्तिक मसान्तसम्म ४६ लाख भन्दा बढीले शेयर कारोबारको लागि भन्दै हितग्राही (डिम्याट) खाता खोलेका छन्। डिम्याट खाता खोल्नेको तुलनामा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता भने २५.७३ प्रतिशत मात्रै छन्।

प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा आबद्ध हुने लगानीकर्ताको संख्या भने निक्कै कम रहेको छ। प्राथमिक बजारमा प्रवेश गर्ने लगानीकर्ता बढी हुनुमा ७७ जिल्लामा फैलिएका निक्षेप सदस्यको भूमिका बढी रहेको बताइएको छ। त्यस दाँजोमा सीमित ठाउँबाट मात्रै दोस्रो बजारमा प्रवेश गर्न सकिने भएकोले प्राथमिक बजार प्रवेश गर्नेको सङ्ख्या बढी हुने गरेको नेप्सेको भनाइ छ। प्राथमिक बजार प्रवेश गर्न स्थानीय स्तरमा खुलेका बैंक वित्तीय संस्थाले बढी सहयोग गर्ने गरेका छन्। स्थानीय तहमा पुगेका बैंक वित्तीय संस्थाले नै डिम्याट खोल्न सुबिधा दिने गरेका छन्। जसले गर्दा प्राथमिक बजारमा प्रवेश गर्ने लगानीकर्ता बढी हुने गरेको नेप्सेको भनाई छ। तर दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताले भने ब्रोकर कार्यालय मार्फत मात्रै आबद्ध हुन सक्छन्। निश्चित शहर र स्थानमा मात्रै ब्रोकर कार्यालय भएकाले पनि प्राथमिक बजारको दाँजोमा दोस्रो बजारमा आबद्ध हुने लगानीकर्ताको सङ्ख्या उल्लेख्य बढ्न नसकेको बताइएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here