आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा आर्सनल रेलिगेसन जोनको वेष्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो। आर्सनल बराबरीमा रोकिए पनि उसले गोल भने गरेन। आर्सनलका लागि पनि वेष्ट ब्रोमका खेलाडीले आत्मघाती गोल उपहार दिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको अन्तिम ७ मिनेट बाँकी हुने बेलासम्म दुवै तर्फबाट गोल हुन सकेको थिएन । तर ८३ औँ मिनेटमा वेष्ट ब्रोमका जेम्स म्याकक्लिनले आत्मघाती गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए।
बराबरीपछि पाँचौ स्थानमा उक्लिएको आर्सनलले ३८ अंक भएको छ। रेलिगेसन जोनमा रहेको वेष्ट ब्रुमको १६ अंक छ। लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटीको ५९ अंक र दोस्रो स्थानमा रहेको चेल्सीको ४५ अंक छ।