अब प्रतिनिधिसभा तर्फ अन्तिम ५ क्षेत्रको नतिजा आउन बाकी

१६० सिटको नतिजा सार्वजनिक, २ स्थानको मतगणना स्थगित

0
543

प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भई सकेको छ । नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

अब ५ वटा क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली क्षेत्र नं. २ र सुनसरी क्षेत्र नं. ३ मा मतगणना रोकिएको छ । स्याङजाको क्षेत्र नं. १ र २  सर्लाही क्षेत्र नं. ४ मा अहिले मतगणना भइरहेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here