अमेरिकाबाट नेपालमा सहजै पैसा पठाउन सकिने

0
980

पुष, १० गते । अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ । त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ । नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

पेपलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न सो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।

यसअघि बैंकले भारतको एस्सिस बैंक र कुवेतको अल सुल्तान एक्चेञ्जसँग पनि विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले सम्झौता गरेको थियो ।नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ ।

सो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँ स्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्ने व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Facebook Comments

comments