अमेरिकाले फाइभ जी नेटवर्कको योजना बनाउँदै !

0
420

चीनले व्यापार नीति र आधुनिक प्रविधिको क्षेत्रलाई तीव्र गतिले विकास गरिरहेकामा ट्रम्प प्रशासनले चिन्ता व्यक्त गरेको बताइएको छ । त्यसैकारण प्रविधिको क्षेत्रमा चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकाले आगामी पिँढीको वायरलेस नेटवर्कलाई नयाँ स्तरमा पुर्याउने योजना बाहिर ल्याएको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा परिषद्ले भविष्यको वायरलेस फाइभ जी नेटवर्क निर्माण कार्यको जिम्मा अमेरिकाले नै लिने प्रस्ताव एउटा डक्युमेन्टमार्फत प्रस्तुत गरेको बताइएको छ । यस भव्य योजनालाई अमेरिकाले तीन वर्ष भित्रमै पूरा गर्ने लक्ष्य बनाएको बताइएको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा अमेरिका चीनभन्दा धेरै पछि पर्ने डरले पनि यो योजनाबारे अहिले नै जानकार गराइएको प्रस्तावित डक्युमेन्टमा उल्लेख गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार सार्वजनिक गरिएको सो डक्युमेन्टमा यस्तो भनाइ राखिएको छ , ‘२१ औँ शताब्दीमा डिजिटल डाटा नै सबै कुराको स्रोत हुनेछ, जसमा चीनले धेरै ठूलो उपलब्धी हासिल गरिसकेको छ । त्यसकारण अमेरिकाले राष्ट्रिय स्तरमा सेक्योर फाइभ जी नेटवर्क निर्माण गर्न सक्ने हो भने यसले सूचना लगायत सबै क्षेत्रमा भविष्यमा समेत ठूलो सफलता हासिल गराउन मद्दत गर्नेछ । तर यो योजनामाथि हामीले चाँडै काम सुरु गरेनौँ भने चीनको तुलनामा हामी प्राविधिक क्षेत्रमा सधैँभरि पछाडि परिरहनेछौँ ।’

फाइभ जी यस्तो आधुनिक प्रविधि हो जसले अटोम्याटिक कार, भर्चुअल रियालिटी र इन्टरनेट सम्बन्धी कनेक्सनलाई अत्यन्तै छिटो बनाइदिनेछ । अहिलेको फोर जी भन्दा फाइभ जीमा अझ आधुनिक र नयाँ अनि झनै सुविधायुक्त फिचरहरु हुने अपेक्षा गरिएको छ । यसलाई बनाउन पनि धेरै लगानी र नयाँ आविस्कारहरु आवश्यक्ता पर्छन् जसकारण यसको निर्माण कार्यलाई अमेरिकाले नै नियन्त्रण गर्न चाहिरहेको बताइन्छ ।

अर्को कुरा साइबर अपराधको खतराका कारण पनि अमेरिकाले यस क्षेत्रमा आफ्नो शक्ति जमाउन चाहेको बताइएको छ । यसअघि थ्रीजी नेटवर्क यूरोपले र फोरजीलाई अमेरिकाले ल्याएको थियो । त्यसकारण आगामी फाइभजीमा चीनले हात हाल्ने अनुमान गरिएको अमेरिकी प्राविधिक अधिकारीहरुको भनाइ छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here