अमेरिकी ओलम्पिक च्याम्पियन सिमोन – टिमका डाक्टरले यौन दुर्व्यहार गरे

0
517

माघ २ – रियो ओलम्पिक २०१६ मा एथ्लेटिक्समा चार स्वर्णपदक जितेकी अमेरिकी जिमनास्ट सिमोन बाइल्सले आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी छन् । अमेरिकी जिमनास्टिक टिमका स्पोर्टस डाक्टर लारी नासरले आफूमाथि यौन दुर्व्यवहार गरेको सिमोनले बताएकी हुन् ।

रियो ओलम्पिकमा चम्किएकी सिमोनले भावनात्मक वक्तव्य जारी गर्दै लारीले आफूमाथि यौन दुर्व्यहार गरेको तथा आफ्नो प्रेम र खुशी खोसेको बताएकी छन् । आफूले कहिले पनि लारीलाई क्षमा गर्न नसक्ने उनले वक्तव्यमा उल्लेख गरेकी छन् । बालिकाको अश्लिल तस्बिर खिचेको तथा यौन दुर्व्यवहार गरेको आरोपमा ६० वर्षको जेल सजाय भोगिरहेका लारीले सिमोनमाथि यौन दुर्व्यहार गरेको कुरा पनि स्वीकार गरेका छन् ।

५४ वर्षका लारीलाई गएको डिसेम्बरमा जेल सजाय सुनाइएको थियो ।  २० वर्षकी सिमोनले आफूमाथि डरलाग्दो दुर्व्यवहार भएको र यसले टुटाउन भने नसक्ने बताएकी छन् । स्वास्थ्य उपचारको क्रममा लारीले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै अरु तीन पूर्व अमेरिकी ओलम्पियनले पनि आरोप लगाएका छन् । यसमा गाब्बी डोग्लस एक हुन्, जसले सिमोनसँग टिम इभेन्टमा रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here