अर्थमन्त्रीमा फेरी जनार्दन शर्मा, आजै सपथ लिने

0
16

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् । स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ । पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन् । प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन् ।

आर्थिक वर्ष २०७९\०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो ।

समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो । अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो ।

Facebook Comments

comments