असोज १९ पछि उम्मेदवारी दर्ता सुरु गरिने

0
12

निर्वाचन आयोगले दसैं लगत्तै उम्मेदवारी दर्ता अघि बढाउने भएको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका हुन्। यो वर्ष असोज १९ गते विजया दशमी परेको छ।

उनले भने, ‘दसैं लगत्तै उम्मेदवारी दर्ता प्रकृया अघि बढाउने योजनामा छौं। उम्मेदवारी दिएपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ। आयोगले केही दिनमै उम्मेदवारी दर्ता मिति तय गर्नेछ।’

Facebook Comments

comments