आइ लभ सु सिमा

0
454

सिमा धेरै दिदि बहिनिहरुको नाम पनि हुने गर्दछ मेरै पनि दर्जन बढि बुनेहरुको नाम छ सिमा , आमा-काकि माइजुहरुको को नाम पनि हुन्छ र भविस्यमा मेरो जिवनमा प्रवेश गर्ने सिताको स्थान लिने प्रियसिको नाम पनि सिमा हुन सक्छ !
तर यि सबैभन्दा महत्वपुर्ण र फराकिलो अर्थमा सिमा भनेको सिमाना अर्थात यहॉ हाम्रो देशको सिमाना भन्न खोजिएको हो ।
सिमा वर्ति क्षेत्रमा हामि नेपालि हरुले खासगरि नेपाल भारत सिमा क्षेत्रको बिवाद बर्षौँदेखि सुन्दै र पिडा महशुस गर्दै आइरहेको कुरा तपॉइ हामिहरु सबैमा अवगतै छ !
म कुनै नेता या पत्रकार हैन न त सिमाविद या बिस्लेषक ।
तर म एउटा सार्वभौम सत्ता सम्पन्न स्वाधिन देशको स्वतन्त्र राष्ट्रेप्रेमि सचेत र कर्तव्यनिस्ठ नागरिक भएको नाताले केहि भन्न चाहन्छु
भारत हाम्रो छिमेकि राष्ट्र हो ,भारतिय जनताहरु सँग हाम्रो भौगोलिक मात्र नभै धार्मिक ,सॉस्कृतिक ,परम्परागत र आर्थिक ब्यापारिक देखि आत्मियता सम्म सबै खालका घनिस्ट सम्बन्धहरु छन तर भारतिय शाषक वर्ग र तिन्का सरकारि सुरक्षा निकायहरु प्रहरि अनि खासगरि एसएसबि को दादागिरि र दानविय प्रवृति नेपालको सिमावर्ति क्षेत्रका वासिन्दाहरुको लागि ठुलो पिडा ,अभिसाप र तनावको बिषय बन्दै आइरहेको छ ! दशगजा क्षेत्रमा रातारात सिमा पिल्लरहरु गायब हुनु ,किलोमिटरौँ वारि सारिएका समाचारहरु सधैँजसो मिडियाहरुमा पढ्न , सुन्न मात्र हैन यदि आफै उक्त क्षेत्रहरुमा गएर अवलोकन गर्ने हो भने प्रत्यक्ष देख्न पनि सकिन्छ ! यो कस्तो अनौठो रोग हो भारतको ?
दशकौँ पहिले अँग्रेजहरुले इस्टइन्डिया कम्पनिको नाममा भारतमा प्रवेस गरेर सासन गरे अझ भनौँ देशै कब्जा गरेर भारतिय जनता र सासक हरुलाइ गुलाम बनाएर हैकम चलाएको इतिहास सारा संसारमा जगजाहेर छ ! अँग्रेजहरुले दिएको पिडाको झोक साना गरिब छिमेकिहरुमाथि लाद्न खोज्ने भारतिय प्रवृति सार्वभौम नेपालि समग्र जनता र स्वयं स्वाभिमान र न्यायप्रेमि भारतिय जनताहरु लाइ पनि अपाच्य नै छ !
आजभन्दा ९-१० बर्ष पहिलेदेखि म कहिलेकॉहि स्कुल -कलेजको छुट्टिको समयमा भारतका बिभिन्न ठुला र बिकसित शहरहरुमा घुम्न जाने गर्दथे र जॉदा र त्यहॉ बस्दा धेरै राम्रा मानविय संवेदनसिल बौद्धिक र स्वाभिमानि अनि इमानदार भारतिय हरु सँग बस्दा बोल्दा भेट्दा आनन्द र खुसि महसुस हुने गर्दछ जस्लाइ आफुसँगै सबैको आत्मसम्मानको कदर गर्ने बानि हुन्छ अत: त्यहॉ तेति समस्या नदेखिएपनि नेपाल फर्किदॉ सिमा क्षेत्रमा समस्या र अन्याय व्याप्त रहेको प्रस्ट महशुस गर्न सकिन्छ !
ब्यक्तिमा भर पर्न सक्छ कसैलाइ कम हेपिएला कसैलाइ टर्चर नगरिएला तर समग्रमा हेर्दा नेपालिहरुमाथि घृणिय ब्यवहार गरेको देख्न र भोग्न पाइन्छ , रक्त संचार र मुटुको धड्कन तिव्र गतिमा बढ्ने गर्छ अझ भन्नु पर्दा त्यो सबै भारतिय ब्यवहार देखेर हरेक स्वाभिमानि नेपालिहरुको रगत उम्लिन थाल्छ तर आफुमाथि नियन्त्रण कायम राख्नुनै बुद्धिमानि ठहरिन्छ !

दर्दनाक र कहालिलाग्दो अवस्था प्राय: कतिपय सिमावर्ति क्षेत्रमा नेपालका गॉउहरुमा विवाह ,ब्रतबन्ध पार्टि र भोजभतेर हरु हुँदा आफुहरुलाइ निमन्त्रणा गर्नेपर्ने भारतिय एसएसबिले अनिवार्य उर्दि नै जारि गरेको पाइन्छ निमन्त्रणा नगरेको खण्डमा भारत जॉदा सिमामा तनाव दिने ,धम्कि दिने ,दर देखाउने गरेको पाइन्छ जुन निमन्त्रणाको भित्रि उद्येष्य निकै घृणित छ हाम्रा चेलिबेटि दिदिबहिनिहरु माथि उनिहरुको गिद्दे नजर हुन्छ र सारिरिक सम्पर्क गर्ने जबरजस्ति र कहिकतै त बलात्कार समेत गर्ने गरेको दानविय लज्जास्पद यथार्थ बारे सोच्दा पनि रक्तसंचार तिव्र हुने गर्दछ उम्लिन्छ , यि कुराहरु यथार्थ घटनाहरुमा आधारित छन र कहिलेकॉहि मिडियाहरुमा समेत आइरहन्छन !
वास्तवमा यस्ता निन्दनिय कुराहरु लेखेर भारतप्रति घृणा भाव जगाउनु मात्रै मेरो नियत र उद्येष्य हुँदै हैन केवल सिमा वर्ति क्षेत्रका नेपालिहरुको वास्तविक पिडालाइ उजागर गरेको मात्रै हो !
हामिलाइ भारतले गर्ने राम्रा ब्यवहार र आपसि सम्बन्ध र खासगरि भारतिय जनताहरुसँग प्रेम छ आत्मियता छ मित्रता र सद्भाव छ !
तर हाम्रो सिमा मिच्ने ,दमन र भेदभाव गर्ने घृणित कुकर्म हरु सँग कुनै एकआध नेपाल आमाका कपुत सन्ततिहरु दलाल र गद्धार नेता बाहेक सबैलाइ आपत्ति र घृणा छ !
कोशि ब्यारेजको ढोकाहरु नखोलिएर पानि निकास हुन नपाएकै कारण यसैबर्ष मात्रै हामिले अरबौँको धनजनको क्षति र सयौँ नेपालिहरुको ज्यान गुमाउनुपरेको थियो !
अघोषित नाकावन्दिको पिडा र अरबौँको क्षतिपनि हामिले बिर्सन गाह्रै छ !! सिमासँग सम्बन्धित धेरै असमान सन्धि सम्झौताहरु मध्य मैले आफै देखेको -भोगेको महाकालि सन्धि पनि अचम्मको राष्ट्रघात छ ,महाकालि नदिवारि पनि भारतिय एसएसबि बस्छन महाकालि नदि किताबमा बाहेक कुनैपनि कोणबाट नेपालको देखिदैन र छैन पनि !
पोहोर मात्रै घटेको दुखद र बिर्सनै नसकिने कंचनपुरको सिमा विवाद पछि गोविन्द गौतमको हत्या जुन सबैमा जगजाहेरै छ
हामिले पनि कोरिया बाट सुप समाजको पहलमा सहिद गोविन्द गौतमको परिवार लाइ थोरै आर्थिक सहयोग गरेको थियोँ
दिनहुँ सयौँ गोविन्दहरु सहादत प्राप्त गर्दछन तर हामि कसैलाइ चिन्दैनौ र सगयोग पनि गर्दैनौँ गोविन्द गौतम सिमा सहिद हुन र उक्त मुद्धा राष्ट्रियता र स्वाभिमानको बिषय थियो !!
सप्तरिको तिलाठिमा भारतले सिमा मिच्न खोज्दा भारतिय प्रहरि सँगको झडपमा घाइते भएका देवनारायण यादवलाइ झुटा मुद्धा लगाइ भारतिय जेलमा हालिएको थियो यद्यपि अहिले उहॉलाइ रिहाइ गरिसकिएको छ !
तेसपछि बर्दियामा भारतिय प्रहरिद्वारा सिमा मिच्न खोजिएको थियो जस्लाइ राष्ट्रभक्त प्रहरि हरुले असफल पार्नुभएको थियो !
फेरि अस्तिमात्रै बिरगन्ज छपकैयामा नेपालिहरुको ५० बिगाहा दर्ता जमिन भारतले सिमा स्तम्भ सारेर कब्जाको दुस्साहस गरेको छ !
भरखरै देशका होनहार सपुत एवं सच्चा राष्ट्रप्रेमि निडर पत्रकार रवि लामिछाने र उहॉको टिमले स्थलगत अध्ययन र रिपोर्टिङ गरेको छ !
जाग्नुहोस अब हाम्रो सरकारले नालायकिपन देखाएर सिमा समस्याबारे मौन बसेपनि हामि स्वाभिमानि ,सचेत ,राष्ट्रेप्रेमि नेपालिहरुले
सिमाको सुरक्षा ,राष्ट्रिय स्वाभिमानको गौरव र नेपाल आमाको अस्मिता (सिमावर्ति क्षेत्रका नेपालिहरुको सम्मान र सुरक्षाको प्रत्याभुतिको लागि एकजुट भएर आवाज बुलन्द पार्नैपर्छ हैन भने नेपालि हुनुको औचित्य नै रहदैन )
नेपालि हामि रहौँला कहॉ नेपालै नरहे
म मरेपनि मेरो देश बॉचिरहोस
म रोएपनि मेरो देश हॉसिरहोस” !
मलाइ मेरो आफ्नो जमिनको सिमा मिचिदॉ कुनै आपत्ति छैन तर देशको सिमा मिचिनु आपत्तिजनक छ !
हामि जति देशलाइ माया गर्छौँ तेतिनै देशको सिमालाइ माया गर्नुपर्छ !
अन्तमा “आइ लभ यु सिमा “ भन्दै आज लाइ मेरा दुइ सब्दहरु यहिँ टुंग्याउछु ! बॉकि अर्को लेखमा
#जयदेस_मातृभुमि
(लेखक नेपालको राम सामाजिक संजाल जगतका बहुचर्चित हस्ति समेत रहेका एक स्वतन्त्र राष्ट्रप्रेमी सामाजिक अभियन्ता हुन !)

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here