कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा आजदेखि सुविसु क्यान इन्फोटेक–२०१८ सुरु भएको छ ।
माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने आयोजकले जानकारी दिएको छ ।