बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ । पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।