इकुको ‘फिर्के’ ट्रेलरमा कमेडी नै कमेडी

0
383

चलचित्र ‘फिर्के’को ट्रेलर रिलिज भएको छ । पौष २१ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा सुलेमान शंकर ‘इकु’, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको मुख्य भूमिका छ ।

२७ बर्ष कला क्षेत्रमा विताएका रवि डंगोलले यो चलचित्र निर्देशन गरेका हुन् । चलचित्रको शिर्ष भूमिका सुलेमानले नै काम गरेका छन् । गाउँबाट शहर आएका एक यूवा कसरी विभिन्न परिस्थितीसँग जुध्छ र फिर्के बन्छ भन्ने कथालाई चलचित्रले उठान गरेको छ ।

चलचित्रमा ओमलाल गुरुङ र राजेश श्रेष्ठको लगानी, अभिमन्यू निरबीको कथा छ । अष्ट महर्जनको एक्सन, मीत्र डी गुरुङको सम्पादन, रामकुमार केसीको छायांकन यो चलचित्रमा छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here