इटहरी गोल्डकपको सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्रिस्टार क्लब भिँड्दै

0
369

सुनसरी, माघ १० – इटहरीमा भइरहेको मदन भण्डारी स्मृती अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा बुधबारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच प्रतिष्पर्धा हुँदैछ । थ्रीस्टारले शसस्त्र प्रहरी बल एपीएफलाइ उद्घाटन खेलमा २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने आर्मीले डुक युनाइटेड क्लब भुटानमाथि ५–० को फराकिलो जित निकाल्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको हो ।

यी दुई टीमबीचको खेल दिउसो साढे दुई बजे स्थानीय क्षेत्रीय रंगशालामा हुनेछ । दोस्रो सेमिफाइनल खेलमा भने विहीबार मनाङमस्र्याङदी र गरिफा स्पोर्टिङ क्लब कोलकत्ताबीच हुनेछ । गरिफाले मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आयोजक राष्ट्रिय जागृती क्लबलाइ १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मंगलबारको अन्तिम क्वाटर फाइनल खेलमा गरिफा क्लब बिजयी भएपछि सेमिफाइनल समिकरण पुरा भएको हो । मनाङ भने झापा–११ माथि ४–३ को जित निकाल्दै सेमिफाइनल पुगेको हो ।

माघ १३ गते सम्म हुने गोल्डकपमा दुइ बिदेशीसहित ८ टिमले सहभागिता जनाएको छ । विजेताले नगद १२ लाख र उप विजेताले ६ लाख नगदसहित ट्रफी पाउनेछन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here