इटाली पुगेर विवाह बन्धनमा बाँधिए कोहली र अनुष्का

0
253

वलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली विवाह बन्धनमा बाँधिएका छन् ।सोमबार इटालीको टस्कनीमा आयोजित एक विवाह समारोहका दुवैले विवाह गरेका हुन् ।

विवाह समारोहमा सचिन तेन्दुल्कार, शाहरुख खानसहित ५० जनालाई मात्र निमन्त्रणा गरिएको थियो । गत सात डिसेम्बरमा अनुष्का–विराट आफ्नो परिवारसँग इटाली पुगेका थिए । श्रीलंकाविरुद्धको एकदिवसीय श्रृंखलामा कोहलीले आराम लिएपछि उनको विवाहको चर्चा शुरु भएको थियो ।

सोमबार राती ट्वीट गर्दै दुवैले विवाहको पुष्टि गरेका हुन् । ट्वीटमा विराट–अनुष्काले लेखेका छन्, ‘आज हामीले एक अर्कालाई वाचा गर्यौँ कि अब हामी जीवनभर मायाको बन्धनमा बाँधिने छौँ ।’ विवाहको जानकारी दिने बित्तकै दुवैको ट्वीट ट्रेन्डिङ बनेको थियो । मात्र ३ घण्टामा विराटको ट्वीट ३ घण्टामा २.१५ लाख पटक लाइक भएको थियो । अनुष्काको ट्वीट १.५ लाख पटक लाइक भएको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here