इपिएलको उपाधि विराटनगर वारियर्सलाई

१ रनको रोमाञ्चक जित, हारमा शरदको हृयाट्रिक

0
496

एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधिका लागि आज पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्स भएको फाईनल खेलमा विराटनगर वारियर्सले बिजय हासिल गरेको छ ।

१५० रनको लक्ष्य दिएको बिराटनगर वारियर्सको चुनौती भैरहवा ग्लाडियटर्सले आफ्नो अन्तिम वल सम्म ९ विकेटको क्षतिमा १४८ रन बनाउन सफल भयो । भैरहवाका लागि कप्तान शरद भेषावकरले अर्धशतक बनाउँदै ५२ रनको पारी खेले। ओपनर प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए पनि टिमलाई जिताउन सकेनन्।

१५० रनको लक्ष्य पछ्याएको भैरहवाले खेलको सुरुवात निकै राम्रो गरेको थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको गईसकेको थियो । तर, १५ औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे ।

अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । अन्तिम ‌ओभरमा अनिल साहले बलिङ्ग गरेका थिए ।

उनको पहिलो बलमा कृष्ण कार्कीले चौका हाने । ५ बलमा ५ रन चाहियो । तर, दोस्रो बलमा अनिलले विकेट लिए भने तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवक कार्की रन आउट भए भने पाँचौ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

आफ्नो पकड भन्दा बाहिर रहेको खेललाई १७ औ ओभर पछि विराटनगर वारियर्सले आफ्नो पकडमा ल्याउन सफल भए ।

‘यो पो फाईनल खेल’ भन्नै पर्ने रोमान्चक खेलमा विराटनगर वारियर्सले उपाधी आफ्नो हातमा पार्न सफल भएको छ ।

लिग अबधिभर बिराटनगर वारियर्सले कुनै पनि खेल हार्नु परेन ।

प्रतियोगिताको मोस्ट भ्यालुएभल प्लेयर भैरहवाका रोहितकुमार पौडेल भए ।

रोमान्चक फाईनल खेल हेर्न सोह्र हजार भन्दा बढी दर्शक प्रत्यक्ष सहभागी भएका थिए ।

Facebook Comments

comments