इरफान र दीपिकाको फिल्मको सुटिङ नेपालमा हुँदै

0
422

नायक इरफान खान र नायिका दीपिका पादुकोणले आफ्नो नयाँ चलचित्रको छायांकन अबको एक महिनापछि सुरु गर्दैछन् । उनीहरुले काम गर्न लागेको नयाँ चलचित्रको नाम पक्का गरिएको छैन । यो चलचित्रलाई विशाल भारद्धाजले निर्देशन गर्दैछन् ।

यसअगाडि इरफान र दीपिकाले चलचित्र ‘पिकु’मा काम गरेका थिए । यो चलचित्रको छायांकन मार्च ५ बाट नेपालमा सुरु हुँदैछ । भारतीय मिडिया मुम्बइ मिररसँग कुरा गर्दै यो चलचित्रका निर्माताले भनेका छन्-‘विशाल सर अहिले चलचित्रको कथामा व्यस्त हुनुहुन्छ । यो चलचित्रको छायांकन मार्च ५ मा नेपालबाट सुरु हुँदैछ ।’

यो चलचित्रको छायांकन अगाडि निर्देशक भारद्धाजसँग नायक इरफानले भेटेर कुराकानी गर्ने तयारी पनि गरेका छन् । यो चलचित्रलाई विशाल भारद्धाज पिक्चर्स, क्रियर्ज इन्टरटेन्मेन्ट र टी सिरिजले मिलेर बनाउन लागेका हुन् ।

चलचित्र ‘पद्यमावत’ हिट भएपछि दीपिका अहिले फ्यानलाई धन्यवाद दिनमै व्यस्त छिन् । नेपालबाट सुरु हुन लागेको चलचित्रको छायांकनका लागि दीपिका र इरफान नेपाल आउँछन् या आउँदैनन् भन्ने खुलाइएको छैन ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here