ईपीएलमा विराटनगर समूह बिजेता, काठमाडौं बाहिरियो

0
259

१० पुस, काठमाडौं । काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट पि्रमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबारको पहिलो खेलमा बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरियो ।

१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेटछ लिए । दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आश दिलाए ।

तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् । बिराटनगरका अंशुमान रथले ३ विकेट लिँदा बसन्त रेग्मी र रामनरेश गिरीले २-२ विकेट लिए ।

जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here