उदाहरणीय जोडी, विवाहको खर्च समाजसेवामा !

विवाहमा हुने खर्च बचाएर बाढीपीडितहरुलाई हस्तान्तरण

0
396
अर्घाखाँचीका शान्ता पौडेल र विजय भट्टराई बिच शुभबिवाह भयो तर बिबाहमा न कुनै बाजागाजा नै थियो,न त पार्टी प्यालेसमा भोजभतेर नै,थियो नत केवल बिवाहमा हुने फजुल खर्च नै गरिएको थियो । यसरि विवाहमा गरिने अनावश्यक खर्च बाट समाजसेवामा खर्च गर्ने बिशुद्ध उदाहरणीय सोच उनीहरुको रहेको छ। र विवाहमा हुने खर्च बचाएर बाढीपीडितहरुलाइ विवाहको दिन सराेकारवाला बिचमा नगद हस्तान्तरण गरेका छन् ।
आफन्त ,गाँउले र केही साथीहरू लिएर कपिलवस्तुमा विवाह सम्पन्न गरेका यो जाेडिले दाइजो प्रथामा भइरहेको विकृतिको कारणले समाजमा घटिरहेका घटनाहरुले दिनहुँ चेलिहरुले भोग्नुपरेको समस्याको विरोध र दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनको लागि यस्तो विवाह गरिएको यो जोडिको भनाइ छ। यस्ता उदाहरणीय विवाहले समाजमा परिवर्तन हुने कलाकार माेतिराज खनाल काे भनाइ छ ।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here