उन्नति माइक्रो फाइनान्सको आइपीओ भर्नुभयो

0
616

उन्नति माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडले शुक्रबार पुष २१ देखि आइपिओ निस्कासन गरेको छ । कम्पनीले १६५००० कित्ता साधारण शेयर (आइपिओ) निस्काशन गरेको हो।

 

कम्पनीले १ करोड ६५ लाख रुपैया बराबरको साधारण शेयर सर्बसाधारणलाई दिन लागेको हो । कम्पनीले कम्तिमा १० कित्ता र बढीमा ८२० कित्ता शेयरमा आबेदन दिन सक्ने व्यवस्था मिलाएको छ। कम्पनीले ६६०० कित्ता शेयर कम्पनीको कर्मचारीलाई छुटाएको छ जुन जम्मा निस्काशन गर्न लागेको शेयरको ४ प्रतिशत हो र ८२५० कित्ता शेयर चाहिँ मुचल फण्डलाई छुटाएको छ, जुन जम्मा निस्काशन शेयरको ५ प्रतिशत हो। कर्मचारी र मुचल फण्डलाई छुटाए पछि बाँकी हुन आउने १ लाख ५० हजार १ सय ५० कित्तामा मात्रै सर्बसाधारणले आवेदन दिन पाउनेछ।

कम्पनीलेले शेयर इस्सु म्यानेजरको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्ति गरेको छ। आवेदकले अस्बा प्रणालीमा रजिस्टर सबै बैंक तथा बित्तिय संस्थाबाट पनि कम्पनीको शेयरमा आवेदन दिन सकिनेछ। साथै सी अस्बा (अनलाइनबाट भर्ने) बाट पनि आवेदन भर्ना सकिनेछ ।

कम्पनीको हालको चुक्ता पुँजी ३८.५ मिलियन रहेकोछ र आइपिओ निस्काशन गरिसके पछि ५५ मिलियन पुग्ने छ। कम्पनीले पहिलो त्रैमशिक सम्ममा ४.५ मिलियन नाफा गरेकोछ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here