एनआइसी एसिया बैंक (NICA) ले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले एनआइसी एसियालाई उक्त परिमाणको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
३ अर्ब रुपैयाँ मध्ये ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई जारी गरिनेछ भने २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
प्रति युनिट १००० रुपैयाँ तोकिएको यस ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
बैंकले थप पुँजी निर्माणका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । लगानीकर्ताले लगानी गरेको रकमका आधारमा तोकिएको ब्याज पाउँछन् ।