एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पदका उम्मेदवार भुसालको संक्षिप्त जिवनी

0
228

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पिताम्बर भुसालले यही पुस २३ गते सन्धिखर्कमा हुने नेकपा एमाले अर्घाखाँचीको ८औं जिल्ला अधिवेशनमा एमाले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । वि.स. २०२९ सालमा अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका वडा नं. ५ बाँगी गुराँसेमा बुबा केशौराज भुसाल र आमा चन्द्रकला भुसालको कोखबाट सामान्य किसान परिवारमा जन्मिनुभएका भुसालले आफ्नो बाल्यकालमै वि.स. २०४१ सालमा १२ वर्षको उमेर आमालाई गुमाउनुभयो भने वि.स. २०५६ सालमा बुवालाई गुमाउनुभयो । बाल्यकालदेखि नै सरल, सहयोगी, जिज्ञासु र अन्याय नसहने स्वभावका भुसाल विद्यालयतहदेखि नै राजनीतिप्रति आकर्षित हुनभएको थियो । उहाँले आदर्श मा.वि. खनदहबाट वि.स. २०४२ सालमा अनेरास्ववियु तत्कालीन एकता पाँचौको सदस्यता प्राप्त गर्नुभएको थियो । साथै वि.स. २०४५ सालमा पाणिनी क्याम्पस सन्धिखर्कमा प्रारम्भिक कमिटीमा संगठित भई सक्रियता बढाउनु भएको थियो । तत्कालीन जनपक्षीय उम्मेदवारहरु प्रचार प्रसारमा सक्रिय हुनुका साथै २०४३-२०४४ मा जनपक्षीय एकता मञ्च बाँगीमा आवद्ध हुनुभएको थियो । साथै पाणिनि क्याम्पस, सन्धिखर्कमा आईए पढ्दै गर्दा २०४६ को पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय सहभागी हुँदा प्रहरीको धरपकडमा समेत पर्नुभएको थियो । वि.स. २०४७ मा नेकपा माले बाँगी गाँउकमिटीको गाउँ पार्टी सक्रिय दलको सदस्य प्राप्त गर्नुभएका भुसाल वि.स. २०४८ मा एमालेको संगठित सदस्यता प्राप्त गर्नुका साथै एमालेको प्रथम बाँगी गाउँ अधिवेशनबाट सचिव (गाक प्रमुख) बन्नुभएको थियो । वि.स. २०४-२०५० मा तत्कालीन प्ररायुसंघ, ३ नम्बर इलाका कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य , वि.स. २०५०(५४ सम्म नेकपा एमाले ३ नं इलाका (खन, खनदह , बाँगी, डिर्भर्ना) कमिटीको सदस्य, उपसचिव र सचिव (प्रमुख) को जिम्मवारी समाल्नुभएका भुसाल वि.स. २०५४ सालमा २५ वर्षको उमेरमा बाँगी गाविसको अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । राजनीतिसँगै सामाजिक क्षेत्र एवं विकास निर्माणको अगुवाई गर्नुभएको छ । उहाँ २०५७-५८ शान्ति मावि बाँगीको विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारि , सन्धिखर्क(अल्गाटारी ( हंसपूर(गोखुङ्गा मोटरबाटो समितिको जिम्मेवारी लगायत थुप्रै विकास निर्माणको कामको जिम्मेवारी कुशलता पूर्वक गर्नुभएको छ । वि.स. २०५४ मा नेकपा एमाले छौठौं राष्ट्रिय महाधिवेशन, नेपालगञ्चमा प्रतिनिधि जानुभएका भुसाल वि.स. २०५४ साल अर्थात २५ वर्षको उमेरदेखि अर्घाखाँची तेस्रो जिल्ला अधिवेशन यता वि.स. २०७८ सम्म लगातार २४ वर्ष जिल्ला कमिटी सदस्य, सचिवालय सदस्यको रुपमा पार्टी काममा निरन्तर लागिराख्नु भएको छ । लगतार पार्टी जिल्ला कमिटी सदस्य , ३ नं इलाका इन्चार्ज, विद्यार्थी इन्चार्ज, संगठन विभाग प्रमुख, पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नुभएका भुसालबीचको समय २०६७-६९ सम्म नेकपा एमाले, प्रथम क्षेत्रिय अधिवेशनबाट १ नं क्षेत्रीय कमिटी अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु भएको थियो । २०७५मा एमाले र माओवादी केन्द्र एकता पश्चात तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा ० जिल्ला कमिटी अर्घाखाँचीको अध्यक्ष प्रस्ताव (कार्यान्वयन नभएको), नेकपा जिल्ला कार्यालय सदस्य , पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी, एकता भंग पश्चात पुनस्थापित एमालेको छोटो समय (३ महिना) प्रदेश कमिटीको निर्णयबाट एमाले अर्घाखाँची जिल्ला कमिटी सह(संयोजक जिम्मेवारी भुसालले प्राप्त गरी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । २०६५ मा वुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७० मा काठमाडौँमा सम्पन्न नवौ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७८ असोजमा सम्पन्न ऐतिहासिक प्रथम विधान महाधिवेशन प्रतिनिधि र २०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि जानुभएका भुसाल हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

गणित विषयमा आईए, जनसंख्या विषयमा बीएड र समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएका भुसाल नेकपा एमालेको कुशल संगठक एंव वैचारिक नेता हुनुहुन्छ । उहाँले जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी दिने कुराले जिल्लाका नेता कार्यक्रताहरु खुशी हुँदै विभिन्न माध्यमहरुको प्रयोग गर्दै शुभकामना व्यक्त गरिरहेका छन् ।

Facebook Comments

comments