एमाले सांसद नवराज सिलवाल संसद छिर्दा प्रहरीमा खुसियाली

0
608

लतिलपुर १ बाट निर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाल संघीय संसदमा छिरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीसहित आइजीपी बढुवामा किर्ते गर्ने सवैको सातो उडेको छ ।

शनिवार बिहान १० ५५ बजे सिलवाल संघीय संसद भवन नयाँ बानेश्वर छिर्दा बुढानिलकण्ठमा रहेका देउवाको निवासमा सन्नाटा छाउनुले यस्को संकेत गरेको हो ।

‘त्यसलाई जसरी पनि फसाउनु, नत्र हामी सकिन्छौं भनेको त स्यालुट हान्दै पठाउदो पो रैछ पुलिस त, यस्तालाई पनि बिश्वास गर्दा हुन्छ’ भन्दै देउवा निकै आक्रोशित बनेको स्रोतले बतायो ।

सिलवाल फसाउन देउवासहितका समुहले संबिधान, कानून र सवै मर्यादा भुलेर नौटंकी रचेका थिए । तर जनताको मायाले ससम्मान निर्वाचन क्षेत्रमा रहेका सिलवाल कुनै गलत काम नगरेको मुहारभाव देखाउँदै संसद भवन छिरेका हुन । उनी छिर्दा सवै प्रहरीले खुसीका साथ सम्मान दिएका थिए भने सिलवाल निकै नम्र देखिएका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here