एम्बाप्पेले मेसीको कीर्तिमान तोडे

0
40

फ्रान्सेली युवा खेलाडी केलियन एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। उनले अर्जेन्टिनाका लिओनल मेसीको कीर्तिमान तोडेका हुन्। गएराति च्याम्पियन्स लिग अन्तर्गत क्लब ब्रग्सलाई हराउने क्रममा २ गोल गरेका पेरिस सेन्ट जर्मेनका एम्बाप्पेले च्याम्पियन्स लिगमा मेसीको कीर्तिमान भंग गरेका हुन्।

खेलको सात मिनेटभित्र २ गोल गरेका एम्बाप्पेले एम्बाप्पेको प्रतियोगितामा ३१ गोल गरिसकेका छन्। उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पुरा गरेका हुन्। यहीँ आँकडा पुरा गर्न मेसीलाई २३ वर्ष र १३१ दिन लागेको थियो। यस्तै रियल म्याड्रिडका लेजेन्ड राउलले २४ वर्ष ९१ दिनमा ३०औं च्याम्पियन्स लिग गोल गरेका थिए। करिम बेन्जेमा २५ वर्ष १०५ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए।

जर्मनी र बायर्न म्युनिखका थोमस मुलरले २६ वर्ष ३ दिनमा च्याम्पियन्स लिगमा ३० गोल पुरा गरेका थिए। त्यसपछि आर्सनलका नायक थिएरी हेनरीले २६ वर्ष २०६ दिनको उमेरमा ३०औं गोल गरे। यस्तै ब्राजिलका नेइमारले २६ वर्ष २४० दिनमा ३० गोल पुरा गर्दा क्रिस्टियानो रोनाल्डोले २६ वर्ष २७० दिनमा यो कीर्तिमान बनाए।

कसले कुन उमेरमा कीर्तिमान बनाए

  • केलियन एम्बाप्पे- २२ वर्ष ३५२ दिन
  • लिओनल मेसी- २३ वर्ष १३१ दिन
  • लेजेन्ड राउल- २४ वर्ष ९१ दिन
  • करिम बेन्जेमा- २५ वर्ष १०५ दिन
  • थोमस मुलर- २६ वर्ष ३ दिन
  • थिएरी हेनरी- २६ वर्ष २०६ दिन
  • नेइमार- २६ वर्ष २४० दिन
  • क्रिस्टियानो रोनाल्डो- २६ वर्ष २७० दिन


एम्बाप्पेले यो सिजन अहिलेसम्म पीएसजीका लागि सबै प्रतियोगितामा २२ खेलमा ११ गोल र १४ असिस्ट गरिसकेका छन्।

Facebook Comments

comments