नेपालमा एम सि सि लाई लियर बिभिन्न चर्चा परिचर्चा चलिरहेको अबस्थामा छ तर अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न साइत हेरिरहनु नपर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्। सरकारमा रहेका दलहरूसँग छलफल गरी कुनै पनि बेला संसद्मा लैजाने उनले तर्क गरे । 
पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री खाँणले भने, ‘सदनबाट पास गर्ने प्रावधान नेपाल सरकारले नै राखेको हो। त्यसैले यो पास हुनुपर्छ र टुंगो लाग्नुपर्छ। एमसीसी भित्र्याउने बेला र अहिलेको गठबन्धनका दलहरू सबै थियौं।’ अनुमोदनका विषयमा गठबन्धनभित्रै समझदारी बन्न नसकेमा के गर्ने भन्ने विषय छलफलमै रहेको तर टुंगो लागिनसकेको उनले बताए। 

Facebook Comments

comments