ए डिभिजन लिगमा आज दुई खेल, पहिलो खेलमा च्यासल र एपीएफ भिड्ने

0
44

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ भिड्ने छन्। दुबै टोली लिगमा पहिलो जितको खोजीमा हुनेछन्। च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३-० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ ले पराजित भएको थियो।

खेल दिउँसो १ बजे सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। हिमालयन शेर्पा क्लबले यसअघि संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो भने मनाङले जावलाखेल युथ क्लबसँग १-० को संघर्षपूर्ण जित निकालेको थियो। मनाङ र शेर्पाबीचको खेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here