ओली-प्रचण्ड र राष्ट्रपतिबीच भेट बार्ता

0
790

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवनमा एक घण्टा भएको भेट बार्तामा राष्ट्रिय सभा अध्यादेश र निर्वाचन परिणामका विषयमा छलफल भएको हो। राष्ट्रपतिले दलहरुलाई मिलेर अगाडि बढ्न आग्रह गरेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

भेटमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ पनि सहभागि भएका थिए।

 

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here