कांग्रेससँग पनि मिलेरै अघि बढ्छौं : ओली

0
242

निर्वाचित भएको प्रमाणपत्र लिन झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै चुनावका बेला जेसुकै भने पनि कांग्रेससँग आगामी दिनमा मिलेर अघि बढ्ने बताए।

‘चुनाव प्रचारका क्रममा जे–जे भनेपनि कांग्रेस इतिहास बोकेको पार्टी हो, सो पार्टीका नेताहरू मेरा व्यक्तिगत मित्र पनि छन्। हामीले मिलेर संघर्ष गरेका छौं,’ ओलीले भने, ‘यो नतिजापछि पनि हामी लोकतन्त्रका आधारभूत कुरामा कांग्रेससँग मिलेर जान्छौं।’

ओलीले चुनावअघि समय अभाव भएर माओवादीसँग एकता गर्न नसकिएको र अब छिट्टै दुई पार्टी एक हुने बताए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here