काठमाडौंको तापक्रम यस वर्षकै सबैभन्दा कम

0
216

काठमाडौंको न्यूनतम तापक्रम आज बिहान यस वर्षकै सबैभन्दा कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

यसअघि पुस १ गते २ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम त्यसयता भने बढ्दै गएको थियो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको महाशाखाले जनाएको छ ।

यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्रीमा झरेको छ । गएको वर्ष यो समयमा माइनस ३ दशमलव ६ डिग्री रहेको जुम्लाको तापक्रम हिजो माइनस् ५ दशमलव ८ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै जोमसोमको हिजोको न्यूनतम तापक्रम माइनस २ दशमलव २ र जीरीको माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै देशभरि नै चिसो बढेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here