काठमाडौंमा बम आतंक, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास क्षेत्रमै बम

0
387

काठमाडौंमा बम आतंक बढेको छ।  सोमबार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन्।

अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम फेला परेको हो।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। यस्तै कांग्रेस उम्मेद्वार गगन थापालाई लक्षित गरी प्रहार गरिएको बम लागेर थापासहित ८ जना कार्यकर्ता घाइते भएका छन्। सोमबार चुनावी प्रचार प्रसारको क्रममा चपलीमा भएको बम आक्रमणमा थापासहित घाइते कार्यकर्ताको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here