काठमाडौं किंग्सको पहिलो जित, चितवन टाइगर्सको दोस्रो हार

0
392

काठमाडौं । काठमाडौं किंग्स इलाभेनले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पहिलो जित निकालेको छ । बिहिबार भएको खेलमा काठमाडौंले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । अघिल्ला दुई खेल गुमाएको काठमाडौंले तेस्रो खेलमा भने जित हासिल गर्न सफल भएको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको  १४३ रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंको जितमा कप्तान परवेज महारुफले  ३९ तथा अमित श्रेष्ठले ३८ रन जोडे । त्यस्तै सागर कुमारले २३ र सिदान्त लोहनीले १२ रन जोडे । चितवनका प्रविन गुप्ताले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४२ रन जोडेको थियो । चितवनको लागि दिलिप नाथ ४६ रन जोड्दा साबेज खानले २७ रन बनाए ।  त्यस्तै योगेन्द्र सिंह कार्कीले १७ रन जोड्दा कमल सिहं एरीले अविजित १२ रन जोडे । कप्तान दिपेन्द्र सिहं एरी मात्र ९ रन बनाएर आउट भए । काठमाडौंका कप्तान परवेज महारुफले ३ तथा सागर पुन, बिक्रम भुसाल र अमर रौटेलाले समान एक एक विकेट लिए ।

यो जितसंगै काठमाडौंले ३ खेलबाट २ अंक जोडेको छ । काठमाडौंले लिगको पाचौ स्थानमा छ । पराजित चितवन अंकविहिन रहदै लिगको पुछारमा रहेको छ । ६ टोलि सहभगी लिगको शिर्ष स्थानमा भैरहवा ग्लाडीयर्स र दोस्रो स्थानमा विराटनगर वारिवर्स रहेको छ । दुवैको समान ४ – ४ अंक छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here