काठमाडौँ — कान्छीमाया कोजु माल्दिभ्समा सम्पन्न ‘इक्वेटर एडु सिटी इन्टरनेसनल म्याराथन’मा महिलातर्फ पहिलो भएकी छिन् ।
तीन घन्टा ६ मिनेटमा ४२.१९५ किमि दूरी पूरा गर्दै शुक्रबार पहिलो स्थान हासिल गरेको उनले बताइन्। ‘साँझ आयोजना गरिए पनि गर्मीको कारण दौडन अलि गाह्रो परेको थियो। तैपनि पहिलो स्थान हात पारेकोमा खुसी छु,’ उनले भनिन्। विदेशी भूमिमा आयोजित म्याराथनमा पहिलो स्वर्णपदक हात पारेकी उनले ५ हजार डलर प्राप्त गरेको बताइन्।