कामना अवार्डमा छक्का पञ्जाको वर्चश्व

0
517

काठमाडौं । दीपाश्री निरौला निर्देशित बहुचर्चित फिल्म ‘छक्का पञ्जा’ले कामना अवार्डमा सर्वोत्कृष्ट फिल्मसहित ८ विधामा अवार्ड जितेको छ । विपीन क्षेत्री र सिर्जना सुब्बा सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए ।

चौधरी ग्रुपको सिजी इन्टरनेनमेन्टसँगको सहकार्यमा कामना पब्लिकेशनले मंगलबार अवार्ड वितरण गरेको हो । जसमा दीपाश्री निरौलाले सर्बोत्कृष्ट नवनिर्देशकको अवार्ड जितिन् । यसैगरी केदार घिमिरे सर्वोत्कृष्ट हाँस्यकलाकार घोषित भए भने जितु नेपाल, सर्वोत्कृष्ट सहअभिनेता दरिए ।

सोही चलचित्रबाट दीपकाराज गिरीले सर्वोत्कृष्ट खलनायकको अवार्ड जिते भने गिरीसहित केदार घिमिरे र जितु नेपालले संयुक्तरुपमा सर्वोत्कृष्ट संवादको अवार्ड पाए । कृष्ण काफ्लेले पाश्र्वगायक र कविराज गहतराले सर्वोत्कृष्ठ नृत्य निर्देशकको अवार्ड सोही चलचित्रबाट पाए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here