कार्टुन्ज क्रुको नयाँ गीत ‘कम्मरको ट्याटु’ हेर्नुभयो

0
498

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को कमेडी शैलीमा तयार भएको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कम्मरको ट्याटु’ बोलको गीतलाई निर्माण टीमले सार्वजनिक गरेको छ । बिभिन्न कारणले बिवादमा आईरहने गायक तथा कम्पोजर अल्मोडा राना उप्रेतीको स्वरमा रहेको गीतमा राजेन्द्र भाट ‘मिस्टर आरजे’को शब्द तथा संगीत रहेको छ ।

मनोज बस्नेतको निर्माणमा तयार भएको गीतमा कार्टुन्ज क्रु का सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ । राम कुमार केसिको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । लाइमलाइट नेपालले पोस्ट प्रोडक्सन गरेको भिडियो लाई ठग लाइफ नेपालले मिडिया व्यावस्थापन गरिरहेको छ । भिडियोमा सरोजको साथमा आश्मा विश्वकर्मा, राम घले, लाक्पा डि लामा, सुविन चन्द्र अधिकारी र बिकास राईको अभिनय रहेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here