कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप, १ जनाको मृत्यु

0
251

पुष,७ गते । जिल्ला प्रहरी कार्यालय कालीकोटमा नेपाल प्रहरी र चुनावी सुरक्षाका लागि खटिइ विदाइ भएर घर जान लागेका म्यादी प्रहरीबीच झडप भएको छ । झडपमा १ जना म्यादी प्रहरीको मृत्यु भएको जनाइएको छ । यद्यपि प्रहरीले भने मृत्यु भएको पुष्टि गरिसकेको छैन । चुनावी सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीले सेवा सुविधा चित्त बुझ्दो नभएको भन्दै जिप्रकामा हो–हल्ला गरेका थिए । जिप्रकामा हो–हल्ला नगर्न भन्दै त्यहाँ तैनाथ प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो ।

जिप्रपाका परिसरबाट बाहिर निस्किएका म्यादी प्रहरीको समूहले जिप्रकाभन्दा माथि रहेको ठाउँ (डाँडा)मा गएर ढुङ्गा–मुडा प्रहार गरेका थिए । म्यादी प्रहरीले ढुङ्गा प्रहार गर्न थालेपछि जिप्रकाबाट प्रहरीले केही राउण्ड हवाइ फायर गरेको प्रत्यक्षदर्सीले बताएका छन् । प्रहरीले भने गोली नचलाएको दावी गरेको छ ।

दोहरा झडपमा दुई जना घाइते भएकोमा एकजनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सानी त्रिवेणी गाउँपालिका– ३ का विवेक ऐडी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा पुर्याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मंसिर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोटमा ९१३ जना म्यादी प्रहरी खटिएका थिए । हिमाली जिल्ला भएको भन्दै म्यादी प्रहरीले दुर्गम भक्तासहित ६५ हजार रुपैयाँ पाउने भनिएको थियो । तर म्यादी प्रहरीले आफूले पाउनुपर्नेमध्ये ५ हजार कम (६० हजार रुपैयाँ) मात्र पाएको भन्दै जिप्रकामा विरोध गरेका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here