किरण चेम्जोङ भारतीय आईलिग क्लबमा अनुबन्धित

0
466

काठमाडौँ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ भारतको उच्च डिभिजनको फुटबल लिग आईलिग क्लबमा अनुबन्धित भएका छन् । किरण भारतीय आईलिग क्लब मीनरेभा पन्जाब फुटबल क्लबसँग अनुबन्धित भएका छन् ।

मीनरेभा पन्जाब फुटबल क्लबले मंगलबार आफ्नो अफिसियल सोसियल साइट ट्वीटरबाट किरणलाई अनुबन्धन गरेको जनाएको छ । मीनरेभाले ट्वीटरमा लेखेको छ, “किरण चेम्जोङलाई यो सिजनको आईलिगको लागि स्वागत छ ।“

किरण माल्दिभ्सको क्लबसँगको सम्झौता सकिएपछि भारतीय लिग क्लबमा अनुबन्धित भएका हुन् । किरणले  पछिल्लो सिजन माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट खेलेका थिए ।

भारतीय आईलिगमा किरणको टिम मिनरेभा ९ खेलमा २२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । मिनरेभाले ७ खेल जितेको छ भने एक खेलमा हार र एक खेल बराबरी खेलेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here