कुमार अछामीको गजल

0
57

हिजाे आज सपनीमा पराई नै देख्छ्याै अरे
मेराे साटाे प्रेमपत्र उसैलाई लेख्छ्याै अरे

हृदयमा कुँदिएकाे शिलान्यास बाट मेराे
हर छाप पश्चताप भूमरीमा मेट्छ्याै अरे

सँगसँगै मर्ने बाँच्ने वाचा गर्या द्याैरालीमा
सारा प्रेम पल्लवित पुष्पकण्ठ रेट्छ्याै अरे

छाती छेडी सामिप्यमा आऊ भन्छ मन मुटु
हृदयकाे ढाेका थुनी बाटाेघाटाे छेक्छ्याै अरे

खाेट लाग्न दिन्न भन्ने धृष्टतामा रम्ने तिमी
जून जस्ताे मुहारमा कालाे दाग खेप्छ्याै अरे

लेखक: कुमार अछामी

Facebook Comments

comments