‘कृ’ को ट्रेलर ट्रेन्डिङको नम्बर १ मा

0
556

शुक्रबार बेलुकी ६ बजे सार्वजनिक भएको चलचित्र ‘कृ’को ट्रेलरले युटुबमा नेपाली चलचित्रको ट्रेलरले यसअगाडि बनाएका धेरै रेकर्डलाई तोडिदिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको ६ घन्टामै ट्रेन्डिङको तेश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको केहि घन्टामै ट्रेलर नेपाल ट्रेन्डिङको दोश्रो स्थानमा उक्लन सफल भयो ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको २४ घन्टामै नेपालमा युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । कुनै पनि चलचित्रको ट्रेलर यसअगाडि सार्वजनिक भएको यति छोटो समयमा नै ट्रेन्डिङको पहिलो स्थानमा उक्लन सफल भएको थिएन ।

यस्तै, यसले आक्रामक भ्यूजको पनि रेकर्ड राखेको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’को बनेको छ । यस्तै, सार्वजनिक भएको २० घन्टामै ५ लाख ७१ हजार भन्दा बढी पटक यसको ट्रेलरलाई हेरिएको छ ।

सुवास गिरी र भूवन केसी मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । माघ २६ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा यस्तै आक्रामक व्यापार गर्ने अड्कल काटिएको छ । अष्ट्रेलिया, जापान, कतारमा पनि चलचित्र ‘कृ’को ट्रेलर ट्रेन्डिङमा पर्न सफल भएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here