अभिनेत्री केकी अधिकारीले निर्मित ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर/संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

लिरिकल भिडियोमा गीतका शब्द तथा फिल्ममा समावेश केहि रोचक तस्विरहरु पनि देखाइएको छ । गीतको एनिमेड भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।

बैशाख १४ मा रिलिज हुने फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here