कोटेश्वर–कलंकी सडक हस्तान्तरण

0
634

चीन सरकारले नेपाललाई कोटेश्वर–कलंकी सडक हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच सडक हस्तान्तरण गरेको हो। नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्। सडकको प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरे। चीनले पाँच वर्ष लगाएर १०. ५ किलोमिटर सडकको स्तरोन्ती तथा विस्तार गरेको हो। २०१७ सम्ममा सडक विस्तार सकिसक्ने भनिए पनि भूकम्प र नाकावन्दीका कारण निर्माण कार्य लम्विएको थियो। तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल भ्रमणमा आएका बेला नेपाल र चीनबीच चक्रपथ विस्तार गर्ने सहमति भएको थियो।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here