कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक

0
166

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्। बैठकले महत्पूर्ण निर्णय गर्ने बताइएको छ। कोरोनाविरुद्धको भ्याक्सिन अभियानलाई तीव्र पार्न, अस्पतालहरुलाई तयारीमा अवस्थामा राख्न निर्देशन दिएका हुन्। त्यस्तै कोरोना परीक्षणको दायरा बढाउन पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएको एक मन्त्रीले बतए। शुक्रबार एकैदिन नेपालमा ९६५ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकैौदिन २४ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको छ ।  देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  सोही विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको बताइएको छ।

Facebook Comments

comments