कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आर्मीको बर्चस्व

0
236

काठमाडौं–नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले आठौं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जिते ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको ७३ केजीको फाइनलमा प्रतिज्ञाले आर्मीकै मौसम कार्कीलाई पराजित गरिन् । सोही तौलमा एपिएफकी अप्सरा कार्की र सल्लाघारीकी करुणा श्रेष्ठले कांस्य जिते । ६२ केजीको फाइनलमा राष्ट्रिय टिमकी ज्ञानीले ललितपुरकी शिवानी श्रेष्ठलाई स्तब्ध बनाइन् ।

महिला ४६ केजी तौलमा राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी पुलिसकी रेजिना कार्कीले एपिएफकी वर्षा थापालाई हराउँदै स्वर्ण जितिन् । त्यस्तै ४९ केजीमा आर्मीकी काजल श्रेष्ठले एपिएफकी अस्मिता खड्कालाई हराउँदै स्वर्ण जित्न सफल भइन् ।

महिलातर्फ ५७ केजी तौलमा पुलिसकी सीता तामाङले आर्मीकी नम्रता तुलाधरलाई हराउँदै स्वर्ण जितिन् । सो तौलमा आर्मीकी रेश्मा थापा र एपिएफकी गीता विष्टले कांस्य  जिते । ६७ केजी तौलमा एपिएफकी संगीता बस्यालले एपिएफकै अनुमाया तामाङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here