राम राज आचार्य । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघका अध्यक्ष तथा चर्चित तेक्न्डो खेलाडी दिपक विष्टले खेलकुद भनेको खेलाडीका लागी मात्र नभएर सवै मानिसहरुलाई आवश्यक रहेको बताउनु भएको छ । चौधरी ग्रुप द्वारा संचालित सि.जि. इष्टिच्युट अफ म्यानेज्मेन्ट मिन भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सानै उमेर देखि सफल जीवन निवाह गर्न तथा स्वास्थ हुनका लागि दैनिक रुपमा खेलकुदमा राम्रोसँग ध्यान दिन आग्रह गर्नु भयो ।
खेलकुद सप्ताहका विजयीहरुलाई पुरस्कार वितरण गर्न आयोजित उक्त कार्यक्रममा बोल्दै चौधरी गु्रपका महा प्रवन्धक मिथिलेश कुमार झाले उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानका साथै खेलकुदमा समेत प्रोत्साहित गर्दैै लैजाने बताउनु भयो ।
सि.जि. आई. एम. का प्राचार्य प्रमोद पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही कलेजका विद्यार्थी मनोज भट्टराईले गर्नु भएको थियो ।