गरिब मुलुकविरुद्ध बोलेको छैन

0
591

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अफ्रिकी ‘गरिब मुलुकहरू’का विरुद्ध अभिव्यक्ति दिएको भनी आएका समाचारको शुक्रबार ट्विटरमार्फत खण्डन गरेका छन्। ह्वाइट हाउसमा रिपब्लिकन र डेमोक्र्याटका सांसद्हरूसँग बिहीबार भएको बैठकका क्रममा आप्रवासन सुधारका विषयमा राष्ट्रपति ट्रम्पले अफ्रिकी मुलुक देशका नागरिकलाई किन अमेरिका आउन दिनुपर्‍यो भनी प्रश्न गरेको भनी वासिङटन पोस्टले समाचार प्रकाति गरेको थियो। ट्रम्पद्वारा बिहीबार नर्वेजस्ता मुलुकले हाइटी तथा विभिन्न अफ्रिकी मुलुकका बारेमा लिन नपरेको जिम्मेवारी (टन्टा) किन अमेरिकाले लिने भनी अमेरिकी कंग्रेसमा गरेको भनी सार्वजनिक भएको अभिव्यक्तिलाई लिएर ती देशका नागरिकले पनि आपत्ति जनाएका छन्।

ट्रम्पले हाइटी र अफ्रिकी देशहरूबारे अपमानजनक भाषा प्रयोग गरेको बताइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सोही क्रममा ती देशका नागरिकलाई बेकामे भनी गरेको टिप्पणीप्रति आपत्ति जनाइएको समाचारमा उल्लेख गरिएको थियो। उनले बैठकका क्रममा ती देशका नागरिकलाई प्रयोग गरेको भाषा अशिष्ट भएको भन्दै सांसदहरूले पनि विरोध गरेका थिए। हाइटी, एलसाल्भाडोर र अफ्रिकी देशका नागरिकलाई बेकामे भनेकोमा ती देशले पनि विरोध गरेका छन्। अमेरिकामा राजनीतिक सहमतिका आधारमा ल्याइएको भनिएको आप्रवासनसम्बन्धी एउटा सम्झौताको विषयमा छलफलका लागि बस्ने क्रममा ट्रम्पले हेपाहा भाषा प्रयोग गरेको बताइएको थियो।

ट्रम्पले भने, ‘बालबालिकाको आगमन रद्द योजनाबारे भएको बैठक जटिल थियो। तर बैठकमा प्रयोग भएको भाषा भने सञ्चारमाध्यममा आएजस्तोे थिएन। बैठकमा बोलिएको सन्दर्भ अमेरिकामा गैरकानुनी रूपमा भित्रिएका करिब आठ लाख बालबालिकालाई फिर्ता गर्ने रहेको थियो।’ आफूले बोलेको विषयलाई पुनः अमेरिकी सञ्चारमाध्यमले गलत सम्प्रेषण गरेको ट्रम्पको भनाइ छ। आफूले अमेरिका भित्रिने आप्रवासीलाई योग्यताका आधारमा ल्याउनुपर्छ तर चिठ्ठाको भरमा ल्याइनु हुँदैन भन्ने विषयलाई उठाएको उनले चर्चा गरे। ‘म अमेरिका र हाम्रा नागरिकको सुरक्षा चाहन्छु। अमेरिकाले उच्च अपराधदर भएका राष्ट्रबाट यहाँ आउने र नराम्रो प्रभाव छोड्ने आप्रवासीको जनसंख्या घटाउन चाहेको हो’, ट्रम्पले भने।

तर वासिङटन पोस्ट र न्युयोर्क टाइम्सले ट्रम्पले हाइटी र अन्य अफ्रिकी मुलुकबारे छुद्र अभिव्यक्ति दिएको भनी शुक्रबारका अंकमा उल्लेख गरेको अमेरिकी सञ्चारमाध्यमले प्रकाशन प्रसारण गरेका थिए।

ट्रम्पको प्रतिक्रिया लज्जाजनक : राष्ट्रसंघ

मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयोग (युएनएचसिआर) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हाइटी तथा अफ्रिककाबाट अमेरिका आउने आप्रवासीबारे व्यक्त गरेका प्रतिक्रियालाई ‘लज्जाजनक’ तथा ‘जातिवादी’ भनी आलोचना गरेको छ। युएनएचसिआरका प्रवक्ता रुपट कोलभिलले भने, ‘ट्रम्पको आप्रवासीबारे आएको धारणा ‘लज्जाजनक’ तथा ‘दुःखद’ हो। दुःख लाग्छ तर उहाँले प्रयोग गरेका शब्द ‘जातिवादी’ अभिव्यक्तिभन्दा अन्य केही हुनसक्दैन।’ कसैले पनि कुनै देश वा महादेशको सम्पूर्ण जनसंख्या गोरा जातिको नभएकै कारण उनीहरूलाई कुनै देशमा स्वागत गर्न नपाइने भनाइ तुच्छ भएको कोलभिलले बताए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here