गुराँस लघुवित्तको प्राथमिक शेयर ४५ मिनेटमै सबै बिक्यो, अब १० कित्तामात्र आवेदन दिए पुग्ने

0
274

काठमाडौँ। सोमबारदेखि निष्कासन भएको गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण शेयर खुलेको पौने एक घण्टामै सबै बिक्री भएको छ।

पहिलो दिन सोमबार बिहान १० बजे खुलेको शेयर पौने ११ बजेनै सबै बिक्री भएको बिक्री प्रबन्धक एनआइबिएलएस क्यापिटलले जनाएको छ।
खुलेको ४५ मिनेटमै १४ हजार ४ सय ४६ आवेदकबाट दुई लाख ५४ हजार कित्ताकोलागि आवेदन परेको थियो।

संस्थाले कर्मचारीहरूको लागि र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको दुई लाख ३३ हजार ६२५ कित्ता सर्वसाधारणको खुला गरेको हो।हालसम्म संस्थाको शेयरमा करिब १२ गुणा बढी आवेदन परिसकेको छ। एक लाख ३८ हजार ८७० आवेदकले २६ लाख ३८ हजार ८७० कित्ताको लागि आवेदन दिएका छन् जुन मागभन्दा ११.२३ गुणा बढी हो।

सर्वसाधारणले प्रतिशेयर १०० रुपैयाँको दरमा न्यूनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिन सक्छन्।पर्याप्त आवेदन परेकाले शुक्रवारसम्म मात्रै सर्वसाधारणले आवेदन दिन सक्ने छन्। मागभन्दा करिब सात गुणा आवेदन परिसकेकोले १० कित्ता मात्रै आवेदन दिए पुग्ने देखिएको छ।

प्राथमिक शेयरमा नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता हुनेले अनलाइन मार्फत आवेदन दिन सक्ने बताइएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here