घुष पनि कति खान सकेकोहोला वातावरण मन्त्रालयका सहसचिवले

0
591

यस्तालाई चार पाटे मुडेर जुत्ताको माला लगायर, नेपालका सारा गल्लि गल्लि हिडाएर अनि दोबाटोमा सारा नेपालीलाई बर्षौ लात हान्न लगाएर, यस्ता राष्ट्र घातकलाई बीच बाटोमा नांगै राखेर बाँकि रहेका राष्ट्र घाती पनि यस्तै सवक सिकायर मात्र राष्ट्र निर्माणको जग बसाल्नु  पर्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले यातायात व्यवस्था विभागमा महानिर्देशन रहेका बेला भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारले छानबिन गर्दा एक करोड ३४ लाख ५ सय ७६ रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

अख्तियारकाअनुसार २८ माघ २०३८ मा सार्वजनिक पद धारण गरेका उनले २ करोड १० लाअ ७७ हजार ४ रुपैयाँ १६ पैसा आय आर्जन गरेको देखिएको छ । तर, उनी र उनको परिवारको चल अचल सम्पत्ति, सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकमा ३ करोड ४४ लाख ७७ हजार ५८० रुपैयाँ ९२ पैसा खर्च गरेको भेटिएको छ ।

एक करोड ३४ लाख ५७६ रुपैयाँ ७६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here