चलचित्र ‘पञ्चेबाजा’ को ‘घिन घिन मादलु’ बोलको गीत सार्वजनिक

0
710

मंसिर,२९ गते । न्यू भेनस फिल्मस् को ब्यानरमा तयार फिल्म ‘पञ्चेबाजा’मा समावेश पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक लोक फ्लेभरको गीतमा लिड अभिनेता सौगात मल्लले अभिनेत्री जस्मिन श्रेष्ठसँग कम्मर मर्काएका छन्, जोडी बाँधेका छन् । फिल्म पञ्चेबाजाको विहीवार ‘घिन घिन मादल’ बोलको एक गीत सार्वजनिक गरिएको छ । जस्तो दुई मुख्य पात्र पुरुष (सौगात मल्ल र कर्म शाक्य) महिला मुख्य पात्र (जस्मिन श्रेष्ठ) लाई रुचाउँछन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मका निर्माण टिमले सो गीत सार्वजनिक गरिएको हो । ‘घिन घिन मादल’ बोलको गीतमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सृजना सुब्बा र जस्मिन श्रेष्ठलाई फिचरिङ गरिएको छ । टिपिकल नेपाली शब्दहरुमा तयार पारिएको गीतलाई राम्रो बनाउन खोजिएता पनि गीतमा फिचरिङ भएकी नायिकाका कारण गीत फितलो भएको देखिन्छ । जति अडियो सुन मज्जा लाग्छ, फिल्मको भिडियो गीत हेर्न त्यति मज्जा हुदैन । राजेश शाहीले यस अघि कबच, बिच बाटो लगायतका फिल्म निर्माण गरेका थिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here