चाँगुनारायण नगरपालिकामा भयाबह बन्दै क्यान्सर रोग

नगरप्रमुखद्वारा स्वास्थ्य परिक्षण गर्न आग्रह

0
38

चाँगुनारायण नगरपालिकामा क्यान्सर रोगीहरूको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ। बाताबरणसँग सरोकारवालहरूसँगको छलफलमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले जानकारी दिएका हुन् । उनले अाफूले कार्यभार सम्हालेको डेढ महिनामा ८०/९० जना क्यान्सर बिरामीको सिफारीस गर्दिएको बताउँदै यो त भयाबह स्थिति देखिएकोले क्यान्सरका बिज्ञ डाक्टरहरूसँग छलफल गरेको बताए । बिज्ञहरूका अनुसार प्रदुषित वायुको बहाब पूर्ब तिर बहने र पूर्बमा चाँगुनारायण नगरपालिका परेकाले क्यान्सर रोगले चाँगुनारायण नगरबासीलाई बढी असर गरेको निष्कर्ष निकालेका छन् ।

भक्तपुर क्यान्सर अस्पताल र काठमाण्डौं क्यान्सर सेन्टरका बिज्ञ डाक्टरहरूले गरेको अनुसन्धानका क्रममा वायु प्रदुषण, खानपान, तरकारी खेतिमा हालिने बिषादिका कारण चाँगुनारायण नगरपालिकामा क्यान्सर रोगी बढेको देखिएको हो । अरूलाई नसरे पनि क्यान्सर रोगी बढ्नु चिन्ताको बिषय हो । नगरपालिकाले बायुप्रदुषण हटाउन विभिन्न कदमहरू चाल्ने भएको छ। नगरपालिकामा सञ्चालित भट्टाहरूमा अनुगमन गर्ने, माटो ओसारपसारमा रोकलगाउने भएको छ । सरसफाइलाई प्राथमिकतामा राख्दै अर्गानिक तरकारी खेति गर्न प्रोहत्सान गर्ने भएको छ । उनका अनुसार ४० देखि ५० बर्ष समूहका बढी क्यान्सर पीडित देखिएकाले युवा अबस्थामा ज्यान गुमाउनु दुखद् भएको बताए ।

क्यान्सर रोग पत्ता लाग्दा क्यान्सरको तेस्रो र चौंथो चरण पुगिसक्ने बताउँदै नगर प्रमुख खत्रीले पहिलो र दोस्रो चरणमा क्यान्सर पत्तालगाएर उपचार गर्न सके नगरबासीलाई क्यान्सरबाट मुक्त गर्न सकिने जानकारी दिए । उनले भने,” म आफैँ पनि क्यान्सर रोगी हुन सक्छु,तपाइँहरू पनि क्यान्सर रोगी हुन सक्नु हुन्छ । हामी सबैले समयमै स्वास्थ्य परिक्षण गरौं । नगरपालिकाले क्यान्सर छ छैन भनी नि:शुल्क स्वास्थ्य परिक्षणकालागि बजेट छुट्याएको छ ।”

Facebook Comments

comments