चाँगुनारायण नगरपालिकाले दीर्घराेगीलाई मासिक पाँच हजार दिने

0
76

भक्तपुर , २७ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घ राेगीलाई मासिक पाँच हजार नगद सहयाेग गर्ने भएकाे छ । त्यसका लागि नगरपालिकाले बिरामीकाे लगत संकलन कार्य थालेकाे छ । नगरपालिकाले मृगौला प्रत्यारोपण गरेको, डायलाईसिस गराईरहेको, क्यान्सर रोग भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई आर्थिक सहयाेग गर्न सूचना प्रकाशित गरेकाे नगरपालिकाका प्रवक्ता जनक खत्रीले बताए ।

उनले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराईरहेका, क्यासर रोग भएका र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि, २०७८ बमोजिम उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषीध उपचार वापत खर्च उपलबध गराउने नीति अन्तरगत साे सहयाेग गर्न लागिएको बताए ।

त्यस निम्ति नगरपालिकाले नेपाल सरकारको नीति कार्यन्वयनका लागि जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम २६ (१) मा भएको व्यवस्था बमोजिम लक्षित समूहले नगरपालिका अर्न्तगतका वडा कार्यालयहरु, स्वास्थ्य केन्द्रहरु तथा सम्बन्धित जनस्वास्थ्य शाखामा सम्पर्क गरि कार्यविधि अनुसारको अनुसुचि भर्न सबैमा अनुराेध समेत गरेकाे छ ।

Facebook Comments

comments